विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष

८ फागुन, गुल्मी । पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढेको छ । गुल्मीका एक दम्पतीले विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्ग सराङका नवराज खरेल दम्पतीले विवाहको खर्च कटाएर अक्षयकोष स्थापना गरेका हुन् । खरेलको शुक्रबार रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी विद्या खड्कासँग विवाह भएको थियो […]

सम्बन्धित सामग्री

दाङमा नव दम्पतीद्वारा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकाेष स्थापना

दाङ - दाङमा एक नव दम्पतीले आफ्नो विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं १ स्युजाका गणेश विश्वकर्मा र पवित्र राईले विवाहको उपलक्ष्यमा श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो। विद्यालयको वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक-एक जना छात्र/छात्रालाई प्रत्येक वर्ष जेहेनदार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यकासाथ आफूहरुले अक्षय कोषको स्थापना गरेकाे उनीहरुले बताएका छन् । विवाहमा हुने खर्च कटौती गरेर गणेश-पवित्रा वैवाहिक अक्...