काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ सय ७७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २८२ जनामा गरिएको परीक्षणबाट ५ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ६९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ३५६ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा २४ सय ८ जना, ललितपुरमा ४६८ जना र भक्तपुरमा ५८ जना रहेका छन्। हाल ३४ जना संक्रमितको आइसियू र ५ जना संक्रमि