उपप्रधानमन्त्री एवं नेकपा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न नसक्ने बताएका छन् ।
काठमाडौंको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै पोखरेलले सूर्य चिह्न पनि ओलीसँगै रहने र त्यही लिएर आफूहरू जनतामा जाने बताएका हुन् ।
‘तपाईंहरूलाई लागेको होला आधिकारिक कुन पार्टी हो ? कुनले आधिकारिकता पाउँछ ? ओलीले नेतृत्व गरेको पार्टीको आधिकारिकतालाई कसैले तोड्न सक्दैन,’ पोखरेलले भने, ‘सूर्य चिह्न केपी ओलीले नेतृत्व गरेक...