१० लाख हुण्डीको रकम सहित पर्साबाट दुईजना पक्राउ

अवैध हुण्डीको रकम सहित प्रहरीले पर्साको वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका–२ घर भएका ५० वर्षीय रामपुकार पटेल छन् । हुण्डीको रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जानकीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए । प्रहरीले उनिहरुको साथबाट भारतको विहार स्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ ।

सम्बन्धित सामग्री

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजना पक्राउ

जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिका १ बाट स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १४ की २९ वर्षीया रामरती मोक्तान र मकवानपुरकै मनहरी गाउँपालिका १ का ३५ वर्षीय देवराज थिङ्ग छन् । उनीहरु चढेको गाडीबाट १० लाख बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको […]

स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ

काठमाडौँ – चितवन र सिरहाबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् । चितवनको राप्ती नगरपालिका–१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका–६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि […]

रुपन्देहीमा १० लाख ९० हजार रुपैयाँ लुट्ने दुईजना पक्राउ

रुपन्देहीमा प्रहरीले १० लाख ९० हजार रूपैयाँ लुट्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका– ६, महिलावारस्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीको साथबाट १० लाख ९० हजार लुटेर भागेका दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशको भगवानपुर बस्ने वर्ष २८ का सुनील कुमार सहानी र गोरखपुर थाना रिठुअखओर बस्ने वर्ष २६ को शशिकांत भट्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।डीएसपी श्यामु अर्यालले उनीहरूको साथबाट सुन्मिका इण्डस्ट्रि

१० लाख रुपैयाँ बराबरको धनमाल चोरी गर्ने दुईजना पक्राउ

भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिककुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजवंशी रहेका छन् । राजेन्द्रको घरबाट सुनका गहना, मोबाइल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट मोबाइल १ था

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजना पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित दुईजनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९, खराङ्गाबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित दुईजनालाई पक्राउ गरेको हो।खराङ्गास्थित कल्पना घलानको घरको कोठामा राखेको मधेश प्रदेश ०३–०२३ प ३१७२ नम्बरको मोटरसाइकलमा लुकाएर राखेको अवस्थामा भारतीय र नेपाली गरी १० लाख ३५ हजार दुईसय ४० रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको जनाइएको छ।मोटरसाइकल चालक कैलाश गाउँ

स्रोत नखुलेको १० लाख रूपैयाँसहित सप्तरीबाट दुईजना पक्राउ

स्रोत नखुलेको १० लाख रूपैयाँसहित सप्तरीमा दुईजना पक्राउ परेका छन्। भारतबाट नेपाल रकम भित्र्याएको अभियोगमा सप्तरी  प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। डाक्नेश्वरी नगरपालिका–५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ...

१० लाखको चाँदी र तामाका भाडाँकुँडासहित दुईजना पक्राउ

भद्रपुर (झापा) : नेपालबाट भारत लैजान लागेको ठूलो परिणामको चाँदी र तामाका भाँडाकुँडासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सोमबार मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित मेचीखोला नजिकैबाट करिब १० लाख रुपैयाँ बराबरको चाँदी र ता...