आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय, दललाई ज्ञापनपत्र बुझाउने समय सारियो

काठमाडौँः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चौथो चरणको आन्दोलनको घोषणा गरेको छ। वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानलाई अस्वीकार गर्दै बारले आन्दोदनको कार्यक्रम सार्वजनिक गरेको हो।  महासचिव लीलामणि पौडेलका अनुसार आइतबार देशभरका अदालतमा बहस पैरवी ठप्प हुनेछ।  यस्तै, बारले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन सोमबार ज्ञापनपत्र बुझाउने निर्णय गरेको…

सम्बन्धित सामग्री

उद्योगमा प्रहरीको छापा विवादित : राजस्व अनुसन्धानलाई अघि सारियो

वीरगञ्ज । भन्सार राजस्व छलेको आरोपमा वीरगञ्ज आदर्शननगरस्थित एउटा उद्योगमा प्रहरीले गरेको छापा सन्देहमा परेको छ । प्रहरीले राजस्व छलीको तथ्य फेला पार्न नसकेपछि राजस्व अनुसन्धान विभागलाई अघि सारेको छ । प्रहरीले उद्योगमा लगाएको सिल ३ दिनपछि आफैले खोलिदिएको छ । त्यसको भोलिपल्ट प्रहरीकै आग्रहमा राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले उद्योगमा छापा मारेर कागजात, कच्चापदार्थ र तयारी उत्पादनको नमूना लिएर गएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनमा वडा प्रहरी कार्यालय बिर्ताले गत फागुन २५ गते वीरगञ्ज–१० आदर्शनगरस्थित स्वीट मार्ट फुड इन्डष्ट्रिजमा छापा मारेको थियो । चुइङ्गम बनाउने यो उद्योगले प्रयोग गर्ने कच्चापदार्थ (र गम)मा भन्सार महशुल चोरिएको सूचना आएको दाबी प्रहरीको थियो । फरक भन्सार दरबन्दी घोषणा गरेर राजस्व छलिएको आरोपमा अहिले राजस्व अनुसन्धानले अनुसन्धान अघि बढाएको छ । राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्ने निकाय राजस्व अनुसन्धान भएकाले राजस्वले अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए । ‘कागजात देखाएपछि भन्सारमा बुझ्नुपरेन । त्यसपछि राजस्वलाई बुझाउने कुरा भयो । प्रहरी र राजस्व अनुसन्धानको समन्वयमा अनुसन्धान भइरहेको छ,’ एसपी शाहले भने । अब कैफियत भए/नभएको टुंगो लगाउने काम राजस्व अनुसन्धानको भएको उनले बताए । राजस्व अनुसन्धानका अधिकारी भने राजस्व अनुसन्धान र प्रहरी संयुक्त रूपमा छापामा जानुपर्नेमा प्रहरी पहिला पुगेर प्रक्रिया बिगारेको बताउँछन् । ‘प्रहरी पुगेर पहिला ताला लगाएछ । समस्या भएपछि हामीलाई भन्यो,’ ती अधिकारीले भने । शुरूमा प्रहरीले राजस्व अनुसन्धानलाई जानकारी नदिई छापा मारेको थियो । उद्योगले ४ दशमलव ७५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्यअभिवृद्धि कर तिरेर सो कच्चापदार्थ भित्र्याएको भन्सारको प्रज्ञापनपत्रमा देखिन्छ । भन्सारबाट रेड लेनमा जाँचपास भएको सो कच्चापदार्थ अन्य उद्योगले पनि सोही दरमा जाँचपास गराउँदै आएको र त्यसमा कुनै प्रकारको राजस्व छली नभएको दाबी उद्योग सञ्चालक निरञ्जन अग्रवालको छ । रेड लेनमा भन्सारले कागजातदेखि सम्बन्धित वस्तुको भौतिक परीक्षण गरेपछि मात्र जाँचपास हुने भएकाले चुहावट हुन नसक्ने दाबी उनले गरे । भन्सारमा ग्रीन, एलो र रेड लेनमा जाँचपास हुन्छ । ग्रीन र एलोमा आयातकर्ताको स्वघोषणाको आधारमा आवश्यकताअनुसार कागजात मात्र चेकजाँच हुन्छ । रेडमा कागजपत्रसँगै मालसामान भौतिक रूपमै परीक्षण गरेर जाँचपास गरिन्छ । यस्तो जाँचपासमा कैफियत भेटिएमा भन्सार कर्मचारी पनि कारबाहीको भागीदार बन्नुपर्दछ । ४ वर्षअघि समेत प्रहरीले प्रतिलिपि अधिकार उल्लंघनको अभियोगमा आफूलाई मुद्दा लगाएकोमा अदालतबाट सफाइ पाएको अग्रवालले बताए । ‘मैलै कुनै प्रकारको राजस्व छलेको छैन । वीरगञ्जमै मैले जसरी नै आयात गर्ने तीनओटा अरू उद्योग छन् । तर, प्रहरीले मलाई बारम्बार हतोत्साहित गर्ने काम गरेको छ,’ उनले गुनासो गरे । नेपालमा चुइङ्गम उत्पादन गर्ने आठ उद्योगमध्ये तीनओटा वीरगञ्जमा छन् । सबै उद्योगले एकै प्रक्रिया र भन्सार दरमा कच्चापदार्थ आयात गरिरहेको अग्रवालले बताए ।