काठमाण्डाै – इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा मतगणना राेकिएकाे छ । इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
झन्डै साढे ६ सय मतमात्रै गन्न बाँकी हुँदा कांग्रेसका प्रतिनिधि मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएको भन्दै गणना स्थल छाडेर बाहिर निस्केपछि मतगणना राेकिएकाे हो । कांग्रेसका कार्यकर्ताले गणना स्थल परिसरमा नाराबाजी गरेपछि केहीबेर तनाव बढेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने हस्ताक्षरविनाका मतपत्र नभेटिएको बताए...