काठमाडौं । चेरी मोटर्सको सहायक कम्पनी अमोडाको इलेक्ट्रीक एसयूभी ई–५ नेपाल भित्रिएको छ । अमोडाको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले अमोडा ई–५ नेपाल ल्याएको हो । कम्पनीका अनुसार ‘डेमो भेहिकल’को रुपमा ल्याइएको ई–५ रसुवागढी भन्सार नाकाबाट आज/भोलिसम्म काठमाडौं आइपुग्ने छ । उक्त गाडी आगामी फेब्रुअरीदेखि बिक्री सुरू हुने एसपीजी अटोमोबाइलले जनाएको छ । कम्पनीले […]