बेलायतका शिक्षामन्त्रीले देशमा कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। शिक्षामन्त्री ग्याबिन विलियमसनले बालबालिका विद्यालय जान लागेकाले यहाँ कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका हुन्।
लन्डनमा केही मात्रामा...
काठमाडौं । बेलायतमा कोरोना संक्रमण दर दिनहुँ बढ्दै गएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुका अनुसार त्यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् । लामो समयपछि यति धेरै संक्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा एकैदिन ५१ हजार ३ सय जना संक्रमित भएका हुन् । जव कि […]
कोरोना महामारी सुरुवात भएको लगभग दुई वर्ष पुग्नै लाग्दा यस अवधिभरमा बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । पछिल्लो समयमा बेलायतमा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढ्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्क अनुसार बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ४७ हजार २४० नयाँ सङ्क्रमित थपिएका छन्, जुन गत अक्टोबरयताकै उच्च हो । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक मिलियनभन्दा बढी अर्थात् एक करोड २१ हजार ४९७ पुगेको छ । कोरोना
बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ । योसँ
बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १८ हजार भन्दा बढी संक्रमित थपिएका थिए जुन संख्या गत वर्ष फेब्रुअरी यताकै उच्च हो । यसैगरी आज आइतबार सार्वजनिक तथ्याँकअनुसार थप १४ हजार ८७६ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा केहि कम भएपनि समान्यतया वीकेन्डको तथ्याँक वास्तविक भन्दा फरक हुने गर्दछ । पछिल्लो एक सातामा डेल्टा भेरियन्टका कारण संक्रमण दर ४४ प्रतिशतले
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि हुँदै गइरहेको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै बेलायतमा संक्रमण दर र मृत्यु दरमा उल्लेखनीय परिवर्तन आएको थियो । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भएपनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको छ ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घ
लण्डन । बेलायतमा कोरोना संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको छ । विगत केहि समययता तीन हजारभन्दा तल रहेको दैनिक संक्रमण दर आज तीन हजार नाघेको छ । बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार दुई हजार ४९३ जना संक्रमित भएका थिए । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख
एजेन्सी। बेलायतमा कोरोना संक्रमणको घट्दो अवस्थाका कारण पहिलाका कतिपय कडा नीति खुकुलो बनाइएको छ। त्यहाँ भाइरस विस्तार अब तीव्र गतिमा छैन, यसको प्रसार सामान्य छ। कोरोना रोकथामका लागि गत वर्ष त्यहाँ लकडाउनका साथै अन्य थुप्रै कडा नीति अपनाइएको थियो। प्रधानमन्त्री बोरिस जोनसन आगामी सोमबार मानिसहरु जम्मा हुन पाउने नीति घोषणा गर्ने तयारीमा छन्। चिकित्सकहरु पनि नियम खुकुलो पारिएकोमा सहमत छन्।
लन्डन । बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै गएको छ । संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको तथ्यांकले देखाएको छ । विगत केहि दिनयता बेलायतमा कोरोना संक्रमणको प्रभाव यो वर्षकै कम देखिएको छ ।यद्यपि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समयमा संक्रमण दर निकै कम हुँदै गएको छ, यसको मतलव कोरोनाबाट पूर्ण रुपमा मुक्त भएको बुझ्न नहुने उनले बताएका छन् । खोप वितरणमा दिएको तीव्रताले निकै सफलता मिलेको पनि उनले बताए ।ब