प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्राभिक सम्झौता गरेको छन् । दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ । […]

सम्बन्धित सामग्री

नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको शेयर कारोबार रोक्का भएको छ। सेन्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौता गरेसंगै नेप्सेमा सेन्चुरीको शेयर कारोबार रोक्का भएको हो । प्रभु बैंकको शेयर कारोबार भने यथावत छ ।सेन्चुरीको अन्तिम शेयर मूल्य १९३ रुपैयाँ रहेको छ । मर्जर सफल भएमा मर्जर प्रक्रिया उर भएपछि सेन्चुरी बैंकका शेयरधनीहरुको शेयर प्रभु बैंकको नामबाट नेप्सेमा कारोबार हुने छ ।  २ बैंकबीच आइतबार मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार सेन्चुरी बैंक सम्मानजनक हैसियतमा प्रभु बैंकमा गाभिने छ । मर्जर तथा प्राप्तिको लागि १:१ को प्रारम्भिक स्वाप तय भएको छ । अन्तिम स्वाप भने डिडिए रिपोर्ट अनुसार तय हुने बताईएको छ।त्यस्तै मर्जरपछि बन्ने बैंकको संचालक समितिमा प्रभु बैंकका ४ संचालक रहने छन् भने सेन्चुरी बैंकबाट ३ संचालक रहने छन् । सीइओमा हालका प्रभु बैंकका सीइओले नै निरन्तरता पाउने छन् भने हालका सेन्चुरी बैंकका सीइओ मर्जरपछि बन्ने बैंकमा डेपुटी सीइओ रहने छन् । विगत लामो समयदेखि प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने चर्चा बजारमा थियो ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० कोमौद्रिक नीति सार्वजनिक गर्दै  पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको हो।  यद्यपि आयकर ऐन अनुसार पाउने लाभकार र कर छुट भने यी दुई बैंकले नपाउँन सक्छन् ।

प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने पक्का, आजै सम्झौतामा हस्ताक्षर

प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने भएका छन् । २ बैंकबीच आज नै मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । यो समाचार तयार पार्दासम्म दुवै बैंकका संचालक समितिका सदस्य, मर्जर कमिटीका सदस्य र उच्च ब्यबस्थापकहरु राजधानीको एक होटेलमा जम्मा भएका छन् । सम्झौताको लागि आवश्यक कागजात तयार पार्ने क्रम भईरहेको र आज नै सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको एक संचालकले बिजपाटीलाई बताए । विगत लामो समयदेखि प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने चर्चा बजारमा थियो । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु बैंकको अन्तिम शेयर मूल्य प्रति कित्ता २३१ रुपैयाँ रहेको छ भने सेन्चुरीको शेयर मूल्य १९३ रुपैयाँ रहेको छ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० कोमौद्रिक नीति सार्वजनिक गर्दै  पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको हो।