मेयर कप क्रिकेट : पुलिसले आर्मीलाई हरायाे, एपीएफ बाग्मतीसँग पराजित

काठमाण्डौ – मेयर कप एकदिवसीय क्रिकेट प्रतियाेगितामा मङ्गलवार भएका खेलमा पुलिस र वाग्मती विजयी भएका छन् । र्कीर्तिपुर मैदानमा भएको खेलमा वाग्मतीले एपीएफलाई २७ रनले हराएर पहिलो जित निकालेको छ । वाग्मती प्रदेशले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६ रनमा समेटियो । एपीएफका आशिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । वाग्मतीका सोनु देवकोटाले ६, रामनरेश गिरी र अरियो पौडेलले दुई/दुई विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वाग्म...

सम्बन्धित सामग्री

ललितपुर मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, काेशीकाे विजयी सुरुवात

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे । एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस ह...

काठमाडौँ मेयर कप क्रिकेट : एपीएफ क्लब फाइनलमा

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौँ मेयर ११ लाई सात विकेटले पराजित गर्दै एपीएफ क्लब फाइनलमा स्थान बनाउन सफल भएको हो । मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको थियो । काठमाडौँ मेयर ११ […]

एपीएफ फाइनलमा पुग्यो, उपाधिका लागि नेपाल पुलिसको सामना गर्ने

सशस्त्र प्रहरी बल(एपीएफ) मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । काठमाडौं मेयर ११ लाई सात विकेटले हराउँदै एपीएफले फाइनलमा नेपाल पुलिससँगको भेट सुनिश्चित गरेको छ । पुलिस र सशस्त्रबीचको फाइनल खेल आगामी शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ ।

पुलिस मेयर कपको फाइनलमा

नेपाल समाचारपत्र, काठमाडौं नेपाल पुलिस क्लब जारी काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पुलिसले बुधबार लिग चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर ११ लाई १ सय ३ रनले हराएको हो । योसँगै पुलिस ४ खेलमा ६ अंकसहित फाइनलमा पुगेको हो । आज हुने खेलमा काठमाडौं मेयर ११ लाई पराजित गरेमा एपीएफ फाइनलमा […]

मेयर कप क्रिकेट : एपीएफले बागमतीसँग खेल्दा, आर्मी र पुलिस भिड्ने

काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।बागमतीविरुद्ध मैदान उत्रिँदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ। एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा पुलिसमाथि पनि १ विकेटको जित निकालेको थियो। बागमती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ। बागमतीले अघिल्ला दुई खेलमा हार व

आर्मीको मेयर ११ माथि पाँच विकेटको जित

त्रिभुवन आर्मी क्लबले काठमाडौं महानगर मेयर एघारलाई पाँच विकेटको जित हात पारेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बल(एपीएफ)बाट एक विकेटको हार बेहोरेको थियो । मेयर ११ ले प्रस्तुत गरेको १५६ रनको लक्ष्य त्रिभुवन आर्मीले मात्र २३ ओभर पाँच बलमा पाँच विकेटको क्षतिमा १५६ रन बनाएर पुरा गरेको हो । मेयर कप क्रिकेट अन्तगर्त सोमबार सम्पन्न पाँचौं खेलमा त्रिभुवन आर्मीको जितमा सोमपाल कामीले सर्वाधिक ८० रनको योगदान दिनुभयो । कप्तान बिनोद भण्डारीले २० रन बनाएर अविजित रहनुभयो । कुशल मल्लले २३ तथा राजेश पुलामीले ८ रन बनाएर अविजित रहनुभयो ।

दीपेन्द्रसिंह ऐरीको शतक, पुलिसद्वारा एपीएफ समक्ष २५९ रनको लक्ष्य प्रस्तुत

मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेलेपछि नेपाल पुलिसले सशस्त्र प्रहरी बल(एपीएफ) समक्ष २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ऐरिले १३१ बलमा ११ चौका र छ छक्कासहित १४० रनको उत्कृष्ट पारी खेलेर अविजित रहनुभयो । मेयर कप क्रिकेट अन्तगर्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाल पुलिसले पुरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २५८ रनको सम्मानजनक योगफल तयार गरेको छ ।

काठमाण्डौ मेयर कप क्रिकेट : एपीएफविरुद्ध पुलिस ब्याटिङ गर्दै

काठमाण्डौ - काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेटमा दुई खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि मैदानमा एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् । नेपाल पुलिसले टस जितेर ब्याटिङ रोजेको छ । दुवै टोली आज दोस्रो जितको खोजीमा छन् । पहिलो खेलमा पुलिसले वाग्मतीलाई २ रनले हराएको थियो भने एपीएफले आर्मीलाई १ विकेटले हराएको थियो । य...

मेयर कप क्रिकेटको उद्घाटन खेलमा त्रिभुवन आर्मी र एपीएफले स्पर्धा गर्ने

काठमाडौंमा यसै साताको अन्त्यदेखि सुरु हुन लागेको काठमाडौं मेयर कप क्रिकेट २०७७ को खेलतालिका सार्वजनिक भएको छ । पाँच टोली सहभागी प्रतियोगिताको लिग चरणमा सबै टोलीले चार म्याच खेल्नेछ । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको तालिका बमोजिम फागुन २२ गते शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल सशस्त्र प्रहरी बल(एपीएफ)सँग स्पर्धा गर्नेछ । दुबै टोली प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा गत् माघ महिनामा स्पर्धा गरेको थियो । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ । शनिबार नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ ।