‘तपाईको मास्क खै ?’

दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ । लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग बाणिज्य संघले संयुक्तरुपमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो ।

सम्बन्धित सामग्री

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २४ जनालाई कारबाही

'तपाईको मास्क खै' अभियान अन्तर्गत प्रहरीले २४ जनालाई कारबाही गरेको छ। ठूलिभेरी नगरपालिका अन्तर्गत सदरमुकाम दुनै बजारमा मास्क नलगाई हिँड्डुल गरिरहेका २४ जना सर्वसाधारणलाई प्रहरीले कारबाही गरेको हो।...

तेह्रथुममा तपाईको मास्क खै ? कार्यक्रम प्रभावकारी

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउने सर्वसाधारणलाई  एक सय जरिवाना लिँदै अभियान सञ्चालन गरेको हो । बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्

मुख्यमन्त्री शाहीले सोधे – तपाईको मास्क खै ?

‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार बिहान ८ बजे राजधानी सुर्खेतको मंगलगढीबाट तपाईको मास्क खै ?’ अभियानको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री शाहीले सोधे – तपाईको मास्क खै ?

‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार बिहान ८ बजे राजधानी सुर्खेतको मंगलगढीबाट तपाईको मास्क खै ?’ अभियानको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभारम्भ गरेका हुन् ।

दैलेखमा तपाईको मास्क खै ? अभियान शुरु

कोरोना भाइरस संङक्रमणको जोखिम बढ्दै गएपछि दैलेखमा तपाईको मास्क खै ? अभियान सुरु गरिएको छ । कोरोनाको हटस्पट बनेको दैलेखमा केही महिना कोरोना संङक्रमण दर शुन्यमा झरेपछि छोडिएको तपाईको मास्क खोई अभियान कारोना देखिएसंगै पुनः सुरु गरिएको हो ।

तपाईको मास्क खै ?

न्युज अफ नेपाल, काभ्रे । तपाईको मास्क खै भन्दै तेस्रो दिन पनौतीमा अभियान चलाइएको छ । प्रहरीको सक्रिय सहभागितामा सञ्चालित यो अभियानमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने सहित जनप्रतिनिधिहरुले पनि सहयोग गरेका छन् । नेपाल भरी सञ्चालित यो अभियान अन्तर्गत काभ्रेमा पहिलो दिन धुलिखेल र दोस्रो दिन बनेपामा मास्क वितरण गरिएको थियो । विहिवार पनौती […]

तपाईको मास्क खै अभियानमा ट्राफिक प्रहरी (फाेटाे फिचर)

काठमाडौं उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथामका लागि तपाईको मास्क खै भन्दै ट्राफिक प्रहरी सडकमा आएको छ । ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

उपत्यकामा ‘तपाईको मास्क खै?’ अभियान सुरु

२६ साउन, काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियान शुरु गरेको हो । उक्त अभियानको ट्राफिक प्रहरी महाशाखाका एसएसपी […]

गुल्मीमा ‘तपाईको मास्क खै’ अभियान सुरु

२१ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरेरित गर्छु’ भन्ने अभियानका साथ बिहिवार बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । कोरोना भाइरसको सक्रमणबाट सुरक्षित […]

गोरखामा ‘तपाईको मास्क खै’ अभियान शुरु

सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको दर उच्च हुँदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेको छ।