काभ्रेपलाञ्चोकमा शान्ति पार्क बन्ने

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ पाकुटोलमा शान्ति पार्क निर्माण हुने भएको छ । व्यस्त सहरको नजिकै जंगल छेउमा पार्क निर्माण भएपछि मनलाई शान्त गराउन सकिने र मनोरञ्जन पनि लिन पाइने अपेक्षा गरिएको छ । संघीय सरकार र बनेपा नगरपालिकाको  गरी कूल एक करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको पार्कको पूर्वमन्त्री गोकुल बाँस्कोटाले शिलान्यास गरे ।     शहरीकरणको चाप र त्यसले दिने तनावबाट मुक्त हुनका लागि शान्ति उद्यान आवश्यक भएको उनले बताए । “विकास भनेक

सम्बन्धित सामग्री

गोकर्णको यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम बन्ने

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा ग्राम निर्माण हुनेगरी रकम व्यवस्थापन गरेको उल्लेख छ । ग्राम अन्तर्गत २१ करोडको लागतमा शहीद तथा युनेस्को संग्रहालय निर्माण गरिनेछ । संग्रहालयमा नेपालका सबै जातिको पहिचान झल्कने वस्तु संग्रह गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल सामुदायिक वन पर्या पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।   ग्राम अन्तर्गत जडीबुटी उद्यान निर्माण गरिनेछ । विभिन्न किसिमका जडीबुटी नर्सरी राखेर सामुदायिक वनमा व्यावसायिक रूपमा काम अघि बढाइने योजना छ । यसैगरी युनेस्को अध्ययन केन्द्रसमेत निर्माण हुनेछ । युनेस्कोको क्याटेगोरी दुईअनुसार निर्माण हुने केन्द्रमा अरू देशले पनि लगानी गर्नेछन् । केन्द्रमा योग, ध्यान र पूर्वीय दर्शनका विभिन्न विधामा अध्ययन अनुसन्धान र अभ्यासका काम गरिने बताइएको छ । युनेस्कोका अरू सदस्य राष्ट्रले समेत लगानी र सहकार्य गर्नेगरी केन्द्रको अवधारणा अघि बढाइएको हो । युनेस्को ग्राम निर्माणमा ६२ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत काम शुरू भएर मन्त्रालय खारेजीसँग अलपत्र भएको राष्ट्रिय शहीद स्मारकको कामले यस वर्ष निषेधाज्ञाकै बेला गति लिएको छ । विभागका इञ्जिनीयर दीपक साहका अनुसार शान्ति मन्त्रालयबाट आएका रुग्ण अवस्थामा रहेका पाँचओटा ठेक्काको सूचना जारी गरेर निर्माण व्यवसायीलाई काममा बोलाइएको थियो । पाँचओटा ठेक्कामध्ये तीन सूर्य आरबी÷जनपद जेभी, बोखिम÷शान्ति जेभी र डाँफे÷सुनौला÷खिम्ती जेभी काममा आएका छन् । यसमध्ये बोखिम÷शान्ति जेभीले गतवर्ष असारमै काम सकेको छ । सूर्य आरबी÷जनपदले ३६ ओटा मूर्ति ढुंगाका राख्ने, रङ लगाउनेलगायत काम बाँकी रहेकामा चालू आर्थिक वर्षको असारसम्ममा सक्ने काम गरिरहेको उनले बताए ।  रासस