युक्रेनमा आक्रमण सुरु गरेदेखि विश्वमा अलग थलग बन्दै गएको रुसले नयाँ मित्र शक्तिहरु खोज्न थालेको छ । इरानसँग विकसित उसको सम्बन्धमा यही सिलसिलामा विकसित सम्बन्धलाई उल्लेख गरिएको छ । इतिहासमा इरान र रुसको सम्बन्ध जटिल रहेको छ । दुई देशबीच धेरै मुद्दाहरूमा ऐतिहासिक मतभेद देखिएको छ । रुसी साम्राज्य र सोभियत संघको समयमा इरानीहरू माथि भएका दमन इरानमा अझै ताजा छ ।लामो समय रुस र इरान आर्थिक र ऊर्जा मामिलामा प्रतिद्वन्द्वी थिए । तर पश्चिमी मुलुकसँगको दुई देशबीचको साझा मतभेदले उनीहरूलाई एकअर्काको नजिक ल्या