राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडी

काठमाडौं।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको उल्लेख गरेको छ। बन्द प्रशिक्षणमा रन्दिप पौडेल र शिशिर लेखी पहिलोपटक टिममा बोलाइएका छन्।टोलीको बन्द प्रशिक्षण जुलाई १ देखि एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुनेछ।

सम्बन्धित सामग्री

विश्वकप फुटबल तयारी प्रशिक्षणमा तीन नेपाली खेलाडी थपिए

काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन् । प्रशिक्षक एनेसले फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल तथा जावलाखेल युथ क्लबका हिसुब थपलियालाई प्रशिक्षणमा सामेल गराएका […]

एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाले यूईएफए असिस्ट १७ वर्षमुनिको महिला च्याम्पियनसिप २०२३ का लागि बन्द प्रशिक्षणमा २८ जना खेलाडी बाेलाएकाे छ ।  बङ्लादेशमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रवार आज २८ प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् । प्रतियोगिता आउँदो मार्च २० देखि ३१ सम्म आयोजना हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ साफले यूईएफए असिस्ट कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा यसअघि नोभेम्बरमा बङ्लादेशमा भएको साफ...

फुटबल टिमको बन्द प्रशिक्षणमा ३० खेलाडी छानिए

१४ भदौं, काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक प्रशिक्षणमा रहेका ४० खेलाडीमध्येबाट कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले १० जना घटाएका छन् । प्रशिक्षक हुमागाईंले मंगलबार डिफेण्डरहरु देवेन्द्र तामाङ, छिरिङ गरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ टिमबाट बाहिरिएका छन् । त्यस्तै मिडफिल्डरहरु पुजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङ तथा स्ट्राइकरद्वय जर्जप्रिन्स कार्की […]

आजदेखि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरु

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबार शुरु हुँदैछ। एन् कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्। प्रारम्भिक चरणको प्रशिक्षणमा कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ती मगर, अञ्जन विष्ट, अनन्त तामाङलगायत अनुभवी खेलाडीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत १३ वैशाखमा प्रशिक्षण छाडेका १० […]

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण यसै साता शुरू हुने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण यसै साता बिहीबार शुरु हुँदै छ। प्रशिक्षणका लागि नेपालले ४० सदस्यीय राष्ट्रिय टिमको प्रारम्भिक घोषणा यसअघि नै गरिसकेको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही दिनअघि नियुक्त गरेका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्।प्रारम्भिक चरणको प्रशिक्षणमा कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ती मगर, अन्जन विष्ट, अनन्त तामाङलगायत सिनियर अनुभवी खेलाडीलाई राष्ट्रिय टोलीमा डाकिएको छ।मुख्य प्र

हुमागाईंले बोलाए ४० खेलाडीलाई बन्द प्रशिक्षणमा

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ ११ गते घरेलु मैदानमा हुने बंगलादेशविरुद्धको खेलका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । हुमागाईंले अल्मुताइरीसँग विवादका कारण राष्ट्रिय टिमबाहिर […]

यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट भएको एन्फाले जनाएको छ । सेप्टेम्बरमा […]

साफ महिला च्याम्पियनसिप : प्रशिक्षणमा ५८ खेलाडी बोलाइयो

८ साउन, काठमाडौं । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुने साफ महिला च्याम्पियसिपका लागि प्रारम्भिक चरणमा ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । क्लोज क्याम्प सोमबारदेखि सुरु हुनेछ । लगातार दोस्रो पटक नेपालमा साफ […]

राष्ट्रिय फुटबल : ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएका छन्। आगामी माघ १५ र १८ गतेका लागि तय भएको नेपाल र अफ्रिकी राष्ट्र मौरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक चरणमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। नेपाल र मौरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।छनोटमा पर्ने नेपाली टोलीमा विशाल श्रेष्ठ, दीप कार्की,

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडी सहभागी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ । गत साताबाट प्रारम्भिक चरणको बन्द प्रशिक्षण सुरु गर्ने भनिएपनि खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको थियो । हिजोबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० […]