कञ्चनपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७७/७८ मा ७७ लाख २८ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा दोब्बर हो। आर्थिक वर्ष २०७६/७७ मा ४७ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशवराज भट्टले सवारी नियम मिच्ने सवारी साधनलाई कारवाही गरी राजस्व संकलन गरिएको बताए। उनका अनुसार गत आर्थिकमा १३ हजार ७५९ सवारी साधन कारवाहीमा परेका छन्। आर्थिक वर्ष २०७६/७७ मा आठ हजार ३९९ सवारीसाधन कारवाहीमा परेका थिए।कारवाही पर्नेमा