हिउँद लागेसँगै कर्णालीका किसान स्याउ बगैँचा गोडमेलको चटारोमा
हिउँदयाममा यहाँका स्याउ बगैँचा उजाड हुन्छन् । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन्, नांगै बन्छन् । त्यसपछि पुस र माघमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा...
मुगुका स्याउ किसानलाई अहिले बिरुवा काँटछाँटको कामले भ्याइनभ्याइ छ । माघ–फागुनलाई स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय मानिन्छ । अहिले बिरुवा काँटछाँट नगरे स्याउ थोरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने समस्या देखिने भएकाले मुगुका किसान यतिबेला बगैँचामा बिरुवा/बोट काँटछाँट गर्नमा व्यस्त भएका हुन् । फागुनको दोस्रो सातापछि स्याउका बिरुवामा पालुवा पलाउँन थाल्छन् …
स्याउ टिपेर बिक्री गरेपछि दाना टिपेको र पात झरेर उजाड बनेको स्याउको बोट तथा बगैँचा पुस र माघ महिनामा व्यवस्थापन तथा काँटछाँट गर्ने गरिन्छ । अहिले मुस्ताङका किसान स्याउका बोट व्यवस्थापनमा लागेका छन् । अन्य खेतीको तुलनामा कम मेहनत गर्नुपर्ने मानिने स्याउको बोटलाई हाँगाबिँगा काँटछाँट गर्ने गरिन्छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले स्याउको उत्पादन, सङ्कलन तथा बजारीकरणपछि हिउँदमा स्याउ बगैँचा व्यवस्थापन सुरु हुने जानकारी दिनुभयो । उहाँ सिँचाइका लागि पनि हिउँदको समय अति नै महत्वपूर्ण हुने बताउनुहुन्छ ।
१६ वैशाख, जुम्ला । यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताए । अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने […]
जुम्लाका किसान आजभोलि स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ।
सिंजा गाउँपालिका-६ का किसान दलबहादुर रोकायाले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा
खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फूलेर सेताम्मे बनेका छन् । स्याउका फूल फूलेर यहाँको वातावरण निकै रमणीय देखिन्छ ।
जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुशी देखिएका छन् । उनले भने, ‘जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।’ उनका अनुसार चैतवैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महीनामा पाक्ने गरेको छ ।
इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठओटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ्गा पोखरेलले जानकारी दिए ।
अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् । अधिकांश स्थानमा स्थानीय अर्गानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ ।
पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको स्याउ किसान पदम बुढाले बताए ।
पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् ।
जुम्लाको कुल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिएर फुजी स्याउखेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ ।
यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । रासस
जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । ‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको […]
खलङ्गा । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ । तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो […]
जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ ।
यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन थालेका छन् । यहाँ अन्नबाली उत्पादनका लागि कठिन हुने भिरालो जमिनदेखि अन्य पाखोबारी भएका जमीनमा पनि स्याउखेती गर्दा राम्रो उत्पादन हुने देखेर किसान यही खेतीमा लागेका छन् । यस्ता जमीनमा स्याउका बिरुवा लगाएका छन् भने अन्यत्र पनि स्याउखेतीको वातावरणका लागि उनीहरु लागिपरेका छन् ।
यहाँको तिला गाउँपालिका–१ का स्याउ किसान ...
स्याउले आर्थिक सम्भावना बोकेको जुम्लामा बृहत् स्याउ व्यवसाय सुरु गर्न थालिएको छ । किसान बृहत् व्यावसायिक रूपमा स्याउका बिरुवा रोपेर आर्थिक उत्पादनमा लाग्न थालेका हुन् । जुम्ला गुठीचौर गाउँपालिका–५ का किसान मीनबहादुर भण्डारी नेतृत्वको जलजला, धपडा र काँडाखोला स्थानमा सञ्चालन गरिएको गुठीचौर एग्रोफार्ममा ३५ हजार बिरुवा रोपिएका छन् । एकै स्थानमा २८ हजार स्याउका बिरुवा रोपिएका छन् ।
हाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् ।