डोल्पामा मोतिबिन्दु भएका ४४ जनाको नि:शुल्क शल्याक्रिया
दुर्गम जिल्ला डोल्पामा ४४ जनाको मोतिबिन्दुको सफल शल्याक्रिया गरिएको छ ।त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने नगर अस्पतालमा आँखा शिविर राखेर निःशूल्क रुपमा मोतिबिन्दुको शल्याक्रिया गरिएको हो ।
घर,आँगनमै निःशूल्क शल्याक्रिया सेवा...
ताप्लेजुङमा मोतिबिन्दु भएकाहरुको आँखाको शल्यक्रिया गरिएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकामा सञ्चालित निःशुल्क शिविरमार्फत मोतिविन्दु भएका रोगीहरुको आँखाको शल्यक्रिया गरिएको हो ।
बझाङस्थित मष्टा गाउँपालिकाले चार दिने नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क आँखा उपचार मोतिबिन्दु सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो।
काठमाडौं – सामान्य बुझाइमा आँखाको प्रकाश धमिलो हुँदै गएर दृष्टि गुम्ने रोगलाई मोतिबिन्दु भनिन्छ। नेपालमा अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतिबिन्दु प्रमुख कारण रहेको चिकित्सकको ठहर छ। मोतिबिन्दु प्रायः ६० वर्ष उमेर पुगिसकेकालाई हुने गर्छ। तर, बालबालिकामा पनि यसको जोखिम देखिने गरेको छ। मोतिबिन्दु भइसकेपछि अप्रेशन गर्नुको विकल्प छैन। आखिर मोतिबिन्दु हुनु पछाडिका […]
अस्पताल व्यवस्थापक विनम लामिछानेका अनुसार ८८६ जनाको आँखा परीक्षण गरि मोतिबिन्दु देखिएका मध्य २४ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाे छ भने ३७५ जना विद्यार्थीहरुको आँखा जाँच गर्दा २४ जना विद्यार्थीहरुमा दृष्टिदोषको समस्या देखिएको छ।
झापाको कमल गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको जाँच गरिएकामध्ये १२ प्रतिशतभन्दा बढीमा मोतिबिन्दु फेला परेको छ । स्थानीय इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा गरेको आँखा शिविरमा यस्तो भेटिएको हो ।
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मोतिबिन्दुको समस्या भएका व्यक्तिको पहिचान गर्न सुरु गरेको छ। मोतिबिन्दु भएका व्यक्तिको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्न बिहीबारदेखि निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु छनौट शिविर सुरु गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ बाट निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु छनौट शिविर सुरु गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिका र फत्तेबाल आँखा अस्पताल फुल्टेक्राको […]
पनौती, काभ्रे । पनौती नगरपालिकाले मोतिबिन्दु रोगको उपचार नि:शुल्क गर्ने भएको छ । यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा अस्पतालसँग सम्झौता समेत गरेको छ । पनौती नगर बासीको आखाँ उपचार गर्नेबारे बिहीबार नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार पनौतीमा अवश्यक्ता अनुसार वडाहरूमा मासिक […]
सिमकोट – हुम्लामा दुुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४५ जना आँखामा मोतिबिन्दु भएका बिरामीको शल्यक्रिया गर्ने कार्य सफल रूपमा सम्पन्न भएको छ। काठमाडौँको तिलगंगा आँखा अस्पतालको आर्थिक सहयोग तथा आँखा अस्पताल हुुम्लाको समन्वयमा सो शिविर सञ्चालन भएको हो। कोरोना कहरपछि भएको पहिलो आँखा शिविरमा कुल ४८ जनाको आँखाको शल्यक्रिया भएकोमा त्यसमा ४५ जनाको मोतिबिन्दु […]
काठमाडौं (नेस) । तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा, तेज कोहली एन्ड रुइत फाउन्डेसनको सहयोगमा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, निजगढमा ३ दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क स्वास्य शिविरमा २ हजार २ सय ६ जनाको आँखा जाँच गएिकोमा अन्य उपचारबाहेक ३ सय ५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको तिलगंगा आंखा प्रतिष्ठानले जनाएको […]