मोतिबिन्दु सम्बन्धी नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै मष्टा गाउँपालिका

बझाङस्थित मष्टा गाउँपालिकाले चार दिने नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क आँखा उपचार मोतिबिन्दु सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो।