चैत मसान्तसम्ममा कृषि विकास बैंकको नाफा रू. १ अर्ब ९० करोड, प्रतिशेयर आम्दानी कति ?

वैशाख ७, काठमाडौं । कृषि विकास बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.१ अर्ब ९० करोड नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ८ प्रतिशतले घटेको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ७ करोड नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।  सञ्चालन नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ४ प्रतिशतले घटेको छ । कम्पनीको चुक्तापूँजी रू.१८ अर्ब ६२ करोड रहेको छ  । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ खर्ब ६० अर्ब निक्षेप संकलन गरेर रू. १ खर्ब ७७ अर्ब कर्जा लगानी गरेको छ। सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ९८ करोड ६४ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१८ दशलमव ४९ रहेकोमा चालू आवमा घटेर रू.१६ दशमलव ७९ मा झरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशलमव ८५ गुणा र तरलता अनुपात २१ दशमलव ८९ प्रतिशत रहेको छ ।   

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको नाफा करिब १० करोडले घट्यो

१७ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा १० करोड रुपैयाँ घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो आर्थिक वर्षको सो अवधिमा ४० करोड २४ लाख रुपैयाँ मात्रै कमाएको छ । बैंकको खुद ब्याज […]

प्रोभिजनिङ बढ्दा पनि बढ्यो सिटिजन्स बैंकको नाफा

१२ असार, काठमाडौं । निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो । शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ ।

नबिल बैंकको नाफा करिब ५ अर्ब

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम घट्दा नबिल बैंकको नाफा बढेको छ । गत आबको अन्तिम २७ असारमा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

कृषि विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको […]

२ अर्ब नाघ्यो एनसीसी बैंकको नाफा

९ साउन, काठमाडौं । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब २ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७/७८ […]

प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो

खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि र प्रोभिजन राइटब्याक गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा प्रभु बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ ।

प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घट्यो

काठमाडौं । प्रभु बैंकको लिमिटेडको नाफा १६.९० प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा रकम घटेर १ अर्ब २६ करोड २ लाख १० हजार रूपैयाँमा सीमित हुन पुगेको हो । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रूपैयाँ नाफा कमाएको […] The post प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य

काठमाडौं । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ । विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार […] The post कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.