नाम्चे बजार फन्को मार्दा

मौलिक पोसाकमा सजिएका शेर्पिनी युवतीहरूले कम्मरमा भुँड्कामा पानी बोकेर लहरै उकालो लाग्दै गर्दा क्यामेरामा कैद गर्न लालायित पर्यटकको ताँती लाग्थ्यो । चाैँरी, गोठ र गोठालाको दैनिकी, शेर्पा समुदायका विविध सांस्कृतिक गतिविधि र दैनिकीलाई नजिकबाट नियाल्ने आँखी झ्याल थियो, नाम्चे । घरमा आएको विदेशी होस् या

सम्बन्धित सामग्री

सगरमाथाको फेदीमा बजार अनुगमन, आधा लाखभन्दा बढीको अखाद्य वस्तु जफत

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट ५४ हजार मूल्य भन्दा बढीको अखाद्य वस्तु जफत गरिएको छ । शुक्रवार सीमा प्रशासन कार्यालय नाम्चेले नाम्चे बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा ५४ हजार ८ सय ९० रुपैयाँ बराबरको म्याद गुज्रिएका वस्तुहरु जफत गरी नष्ट गरिएको हो । कार्यालय प्रमुख सुजना कुमारी बर्देवाको संयोजकत्वमा भएको संयुक्त बजार अनुमनमा बजार क्षेत्रको नापतौल गर्ने ढक तराजु र मूल्य सूचीसमेतको अनुगमन गर्दा बिक्रीमा राखिएका तर म्याद गुज्रिएका प्याकेटका वस्तुहरु जफत गरिएको सीमा प्रशासन कार्यालय नाम्चले जनाएको छ । ...

तस्बिरमा हेर्नूहाेस् नाम्चे बजार

काठमाडाैँ – नेपालका प्रमुख पर्यटकीय स्थलमध्येकाे एक हाे, नाम्चे बजार। साेलुखुम्बु जिल्लामा पर्ने यस नाम्चे बजार समुन्द्रीसहतदेखि तीन हजार चार सय ४० मिटरको उचाइमा ‍अवस्थित छ। हेर्दा सुन्दर र मनाेरम प्राकृतिक दृश्य भएकाे यस बजारमा बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बढ्दाे छ। यस बजारबाट हिमालय श्रृङ्खलाको रमणीय दृश्य पनि अवलाेकन गर्न सकिन्छ। विगतमा […]

साताका ७ तस्बिर

यो साता कान्तिपुरमा मिटरब्याज पीडितले काठमाडौं माइतीघर मण्डलामा गरेको प्रदर्शन, गोरखाको पालुङटारको खारखोला फाँटमा बाढीले चैते धान सोत्तर बनाएको लगायत तस्बिरले प्राथमिकता पायो । त्यस्तै अनामनगरमा गर्मी छल्न पौडी खेल्न जाँदै विद्यार्थीहरु, कोक्रोमा शिशु बोकेर नाम्चे बजार आउँदै गरेको महिलाको तस्बिरले पनि स्थान पाएका छन् ।

साहसिक पदयात्रा मार्ग र शेर्पेनीकोल

साहसिक पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कैयौं हिमाल र हिमालका घाँटीहरू पास गर्दै कठिन यात्रा गर्नुपर्ने उच्च हिमाली क्षेत्रमा रहेका पदयात्रा (ट्रेकिङ रूट) मार्ग छन् । ग्रेट हिमाल ट्रेल, शेर्पेनीकोल, टाशीलाप्चा पास, आमालाप्चा पास, मिङ्माला पास, मेराला पास, कालापत्थर, गोक्यो–री, रिन्जोला पास, चलोला पास, कञ्चनजंघा दक्षिण सेलेले पास, मिरिङला पास, कञ्चनजंघा उत्तर ल्होनाक, पाङ्पेमा बेस क्याम्प, कागमारा पास, अप्पर डोल्पा, शे–गुम्बा, धो–तराप पास, गणेश हिमाल, रुबी भ्याली, नार–फु, थोरोङपास, तिलिचो पास, मनास्लु पास, चुम भ्याली, धवलागिरि पास (धवलागिरि राउन्ड), गोसाइँकुण्ड पास, अप्पर मुस्ताङ, माछापुच्छे« तथा अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अन्नपूर्ण धवलागिरि (एडी) सर्कट, अपी हिमाल, हुम्ला (लिमी) पास आदि प्रमुख पदयात्रा मार्ग हुन् । विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने धेरै कम पदयात्रा मार्गमध्ये पर्ने शेर्पेनीकोल एक हो । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६ हजार २०० मीटरको सेरोफेरोको यात्रामा खुबै सास्ती खेपिरहेका हुन्छन् । धेरै उचाइ र साह्रै कठिन यात्रा गर्नुपर्ने भएकाले यो पदमार्गमा धेरै कम विदेशी पर्यटक आउने गरेका छन् । यो रूटमा ट्रेकिङ गर्न कुनै बेला सुनसरी जिल्लाको धरान बजार, भेंडेटार, धनकुटा बजार, हिले, पाख्रीवास, ताङ्माया, तुम्लिङटार हुँदै पैदल यात्रा गर्नुपथ्र्यो । अहिले चाहिँ संखुवासभा जिल्लाको चिचिला–नुमसम्मै गाडी चल्ने गरेको छ । त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, वरुत्चे हिमालको बेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ । केही पदयात्रीहरूले चाहिँ मेरा–ला वा वरुत्चे हिमालबाट आम्फु लाप्चा पास हुँदै छुकुङ गाउँमा निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे बजार हुँदै लुक्ला बजारमा आएर आफ्नो २५/२६ दिनदेखि २९/३०/३१ दिनसम्मको पदयात्रा समाप्त गर्छन् । यो पदयात्रा मार्गमा विभिन्न उपमार्ग पनि छन् तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, याङ्ले खर्क, हिलारीबेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) मा क्याम्प गर्नुपर्छ । यहाँ सीधा भिरालो छ । यहाँको बाटो हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ । ६,२०० मीटरको हाराहारीमा वरुणत्चे हिमालको क्याम्प–१ मा वास बस्नुपर्छ । यो मार्गमा टासीगाउँसम्म मान्छेको बसोवास छ । यहाँ २०–२५ घर शेर्पा छन् । त्यसपछिको प्राय: सबै क्याम्प खर्क–चउरमा गरिन्छ । हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न शुरू गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मीटर उचाइमा अवस्थित छ । त्यस्तै १ दिन पूरै नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६,२०० मीटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला खुबै सास्ती खेपिरहेका हुन्छन् । उच्च हिमाली भेगमा अक्सिजनको कमी हुन्छ । हिँड्दाहिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् । प्राय: सबै पदयात्री, स्टाफ तथा भरियाको हालत त्यस्तै हुन्छ तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) का कारण सिकिस्तै हुन्छन् भने कतिको त हिँड्दाहिँड्दै ज्यानै जान सक्ने खतरा हुन्छ । शेर्पेनीकोल पास गरेर वरुणत्चे बेस क्याम्प आउने दिन लगभग ५०० मीटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कति भरियाले भारी बोक्न नसकेर बाटो छाडेर हिँड्छन् । ज्यानभन्दा ठूलो होइन ती खानेकुरा र सरसामानहरू ! बाटामा कताकति हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लास प्राय: नेपालीका, त्यसमा पनि भरियाहरूको हुन्छ । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो पदयात्रा मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जजसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । यहाँ पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । विगतमा आधुनिक सूचना र सञ्चारको अभाव र मानव बस्ती नभएका कारण बीच बाटोमा कथंकदाचित् विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन हत्तपत्त सम्भव हुन्थेन । लेक लागेर बिरामी भएका मान्छेलाई बचाउन सके वा बिरामी बाँचेमा पनि सद्दे र तगडा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो र हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याउँथ्यो । नेपालीहरू मरी हालेमा लास त्यतै छाडिन्थ्यो । त्यस्तो अनकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका साथमा ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन सम्भव नै हुँदैनथ्यो । बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो, अझ त्यसरी एक्लै पठाउँदा धेरैजसो बिरामी मर्ने सम्भावना नै हुन्थ्यो । लेखक पर्यटनकर्मी हुन् ।

साताका सात तस्बिर

हिउँले ढपक्क भरिएको स्कुलबाट घर फर्किदै नाम्चे बजार क्षेत्रका विद्यार्थी । हिउँकै कारण विद्यालय पुग्न नसक्दा चिसो मौसममा पठनपाठन प्रभावित हुने गरेको छ । सोलुखुम्बु जिल्ला नाम्चे बजारको श्री हिमालय आधारभूत विद्यालयबाट घर फर्किदै विद्यार्थी । यो विद्यालय तीन हजार ४४० मिटरको उचाइमा रहेको छ । तस्बिर सागर बस्नेत

पर्यटकको पर्खाइमा नाम्चे बजार (फोटो फिचर)

सगरमाथाको प्रवेशद्वारा मानिने नाम्चेबजार अहिले सुनसान छ । सगरमाथा आधार शिविर र सगरमाथा आरोहणका लागि पर्यटक आउने सिजन सुरु नभएकाले अहिले नाम्चे बजारका होटल रेस्टुरेन्ट खाली छन् ।

बलिउडकर्मी चलचित्र छायाङ्कनका लागि मनाङ अवलोकनमा

चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ। दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ।

पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र स्थानीय सरकार

जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षणमा स्थानीय तथा प्रदेश– १ सरकार जुटेका छन् ।           यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा– बैकुण्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर– दिङ्ला, ट्याम्केडाँडा– नागी, सिलिचुङ डाँडा, नेपालको पहिलो बौद्ध विहार–टक्सार, च्याङ्ग्रे पोखरी– च्याङ्ग्रे, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत छन् ।      त्यस्तै बेहेश्वर मन्दिर– भुल्के, हतुवागढी, अरुणको कात्तिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बुको नाम्चे बजार जाने पदमार्गलगायत प्रमुख क्षेत्र हुन् । सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो, जसको उचाइ चार हजार १४३ मिटर छ । यहाँका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा प्रदेश – १ सरकारसँंगै स्थानीय तहले प्राथामिकता निर्धारण गरेका छन् ।      मुन्धुम पदमार्ग     सङ्घीय सरकारले निर्धारण गरेको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्रदेश– १ सरकार, स्वीस सरकार र टेम्केमैयुङ गाउँपालिकाको संयुक्त लगानीमा यहाँ पदमार्ग निर्माण भइरहेको छ । पाँचधारेबाट सिलिचुङ चुचुरासम्ममा करीब ५८ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यका साथ निर्माण भइरहेको टेम्केमैयुङका अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो ।

नाम्चेका सबै होटल बन्द, मजदुरको रोजगारी गुम्यो

सोलुखुम्बु : सगरमाथा प्रवेशद्वार नाम्चे बजार क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गरिएका छन्। कोरोना त्रासका कारण शुक्रबार (आज) देखि अनिश्चितकालीन बन्द गरिएको नाम्चेका होटल सञ्चालक लामाकाजी शेर्पाले जानकारी दिए। बिहीबार बसेको नाम्चे लज एन्ड होटल एसोसिएसनको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। नाम्चे लज एण्ड होटल...

सगरमाथाको फेदीमा

‘हाम्रै हिमाल हामीलाई नै देखाए हैन त?’ एक अमुक अन्तराष्ट्रिय संस्थामा कार्यरत एक सहकर्मिले एउटा अनौपचारीक फोटोको स्लाईड सो पछि ढोकाबाट बाहिरिँदै भनिन्। ती फोटोहरुको स्लाईड सो त्यसताका भर्खरै सगरमाथाको आधार शिविर पुगेर फर्किएका आफ्नै कार्यालयका दुई विदेशी सहकर्मीहरुले गरेका थिए। फोटो देखाउनेक्रममा उनीहरु हामी सहभागिहरुलाई विभिन्न हिमाल, नाम्चे बजार, लुक्ला एअरपोर्ट ईत्यादि औंल्याउँदै चिनाउँदै…