विसं २०७२ को भूकम्प, कोरोना महामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । पर्यटकको आवागमनसँगै यहाँका व्यवसायी तथा यस क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् । स्वयम्भू भजन खलबाट बस रिजर्भ गरी मेलम्ची हुँदै पाल्चोक भगवती, इच्छेश्वर महादेव मन्दिर, हेलम्बुमा निर्माणाधीन ग्रेट ट्रेल घुम्न […]