पाल्पा । कालीगण्डकी नदीको किनारमा रहेको रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने क्रममा नदीमा पल्टिएको डुंगाबाट ७ जनाको सकुसल उद्धार गरिएको छ ।
प्रहरी हवल्दार दधिराम कार्कीका अनुसार रानीमहल क्षेत्रमा डुंगा पल्टिदा सातजना नदीमा खसेका थिए । “हामीले एकजनाको तत्कालै उद्धार गर्यौं, बाँकी ६ जनाको दुई सय मिटर तलबाट उद्धार गरेका छौं,” उनले भने...