काठमाडौं। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन्। शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफ्नो पार्टी एमाले–माओवादीसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको समेत बताए। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा पुस २६गते बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने उनले जनाए।