धनगढी : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बुधबार एमालेनिकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा झडप भएको हो। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो। अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ।प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गर्न