युथ एकेडेमीका लागि एन्फाले छान्यो ४२ खेलाडी

२२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा फुटबलको विकासलाई ध्यान दिँदै युथ एकेडेमीका लागि १३ वर्ष मुनिका खेलाडीको अन्तिम चरणको छनोट गरेको छ । देशभरबाट विभिन्न चरणको छनोटपछि अन्तिम चरणमा ४२ जना खेलाडी छनोट गरिएको हो । एन्फाले आयोजना गरेको छनोटमा कूल १६६ खेलाडी सहभागी थिए । जसमा प्रदेश १ बाट […]

सम्बन्धित सामग्री

एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाले यूईएफए असिस्ट १७ वर्षमुनिको महिला च्याम्पियनसिप २०२३ का लागि बन्द प्रशिक्षणमा २८ जना खेलाडी बाेलाएकाे छ ।  बङ्लादेशमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रवार आज २८ प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् । प्रतियोगिता आउँदो मार्च २० देखि ३१ सम्म आयोजना हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ साफले यूईएफए असिस्ट कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा यसअघि नोभेम्बरमा बङ्लादेशमा भएको साफ...

अल्मुताइरीले पत्र पठाए, एन्फाले अध्ययन गर्दै

२ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । असोज ११ गते बंगलादेश विरुद्ध हुने खेलका लागि एन्फाले प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । एन्फाले खेलाडी-प्रशिक्षक विवाद समाधानको लागि छानबिन समितिले बनाएको प्रतिवेदनको विषयमा धारणा माग गर्दै एन्फाले हाल […]

यु-१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो। अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन्। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ।...

यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट भएको एन्फाले जनाएको छ । सेप्टेम्बरमा […]

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि  ६० खेलाडी छानिए

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले  पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  ।नेप

यु-१७ राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन […]

खेलाडी–प्रशिक्षक विवाद : एन्फाले आज प्रतिवेदन सार्वजनिक गर्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फाले आज प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । छानविन समितिले गत बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको थियो ।एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले छानविन समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गर्ने बताए । ‘छानविन समितिले बुझाएको प्रतिवेदन हामीले अध्यन गरि सकेका छौं । आज सार्वजनिक गर्ने योजना छ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने ।एन्फाले खेलाडी–प्रशिक्षक विवाद तीन

एन्फाले बनायो तीन सदस्यीय छानविन टोली

काठमाडौं । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय टोली गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा पूर्व नेपाली अन्तर्राष्ट्रिय खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक […]

खेलाडी-प्रशिक्षक विवाद समाधान गर्न एन्फाले बनायो तीन सदस्यीय कार्यदल

२५ बैशाख, काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ । आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । नेपाली सेनाका पूर्व […]

खेलाडी-प्रशिक्षक विवादबारे एन्फाले छानबिन समिति गठन गर्ने

२० वैशाख, काठमाडाैं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले छानबिन समिति गठन गर्ने भएको छ । मुख्य प्रशिक्षकको निर्देशनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाड्न बाध्य १० खेलाडीसँग मंगलबार छलफल गरेपछि घटनाबारे निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहमत भएका छन् । शेर्पाले मंगलबार […]