डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका–७ कतरकुडीका ६० वर्षीय कैलाश ढोलीको शव भेटिएको छ।
गएको ३ गतेदेखि हराइरहेका ढोलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
पूर्वीचौकी गाउँपालिका–७ कतरकुडीमा रहेकाे चिउरीलेकको जङ्गलमा उहाँको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय डोटी सूचना अधिकारी भोला भट्टले जानकारी दिनुभयो ।
बेपत्ता भएका कैलाशका विषयमा आफन्तले प्रहरीलाई खबर नगरेको र शव पनि आफन्तले नै फेला पारेकाले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।...