सुर्खेत – कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशमा खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्न लागेको बताउनुभएको छ ।
प्रदेश सभामुख शाहीले खुला संसदको अवधारणालाई नीतिगत रुपमा सम्बोधन गर्न नियमावलीमा संशोधन गर्न लागिएको बताउनुभएको हो । उहाँले खुला संसदको निर्माण गर्दा शुरुमा भएका अपुग नीतिलाई पूर्ण गरेर व्यवस्थित बनाउन लागिएको बताउनु भयो । उहाँले प्रक्रियाहरु निर्धारण गर्दा पनि परिस्कृत प्रक्रियाको खोजी गरेर बनाउने बताउनुभयो । सभामुख शाहीले खुला संसदको अवधारणा कर्णाली प्रदेशमा स्थापित भइ...