ललितपुर । ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा सात विकेटले पराजित गरेको हो । ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन् ।
काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे ।
एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस ह...
काठमाडौं । ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले लगातार दुई संस्करणको उपाधि जित्दा दुवै संस्करणमा सुदूरपश्चिम प्रदेश उप विजेतामा सिमितभयो । सुदूरपश्चिम प्रदेशले दिएको १ सय १४ रनको लक्ष्य एपीएफले […]
काठमाडौं : ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार दोस्रो खेल जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो।यसअघि एपिएफले पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो। आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दश
१० फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश टोलीले ललितपुर मेयर वुमन्स टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । मंगलबारदेखि कीर्तिपुर मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमले ललितपुर महानगरपालिका–११ लाई ५८ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि ओपनरहरू रेवती […]
काठमाण्डाै – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ ।
कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय सात रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।
एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५ रनमा नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेक...
काठमाडौं: ललितपर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १६.२…