सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ । आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार पत्राचार गरेकोमा...
भरतपुरबाटै चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न यातायात व्यवस्था सेवा कार्यालयले प्रयोगात्मक प्रशिक्षण स्थल (ट्रायल सेन्टर) छनोट गर्न लागेकोमा सर्वोच्च अदालतको आदेशले स्थगित भएको छ । कार्यालयको सूचना अनुसार असार २३ गते बिहीबार आर्थिक प्रस्ताव पत्रहरु खोलेर निर्णय हुँदै थियो । तर सर्वोच्च अदालतमा रिट निवेदन परेर असार २१ मा अन्तरिम आदेश जारी भएपछि छनोट कार्य स्थगित भएको छ ।