सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्सको लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ (के ४४, ५२ के.जीमुनी )का खेलाडीहरूले खेल्ने निश्चित गरेको छ ।विश्व तेक्वान्दो महासंघको बिहीबारको पत्र अनुसार पलेशागोवर्धन विश्वको ९ औं रङ्किङ्ग र सिर्जना घिसिङले विश्वको १० औं रङ्किङ्ग वरियतामा रहेकोले वाइल्ड मर्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाए