काठमाडौं : काठमाडौं महानगरपालिकाले असनमा सडकमा राखिएका सामग्री हटाउन थालेको छ। पसलको सटरभन्दा बाहिर सामाग्री राखेर व्यापार गर्ने क्रम बढेपछि महानगरले आजबाट त्यस्तो सामाग्री हटाउन थालेको हो।
यस्तै, असन क्षेत्रमा सडकलाई अवरोध पुग्ने गरी बनाइएका पसलहरुसमेत महानगरले हटाएको छ। महानगरले पैदलयात्रु मैत्री असन बनाउने भनेर यो अभियान चलाएको हो।