आनन्द र रोमाञ्चको मिश्रित अनुभव कस्तो हुन्छ ? सम्भवत तपाईं यसको बखान गर्न सक्नुहुन्न । तर सक्नुहुन्छ महसुस गर्न । शरीर विज्ञान भन्छ, ‘यस्तो रोमानन्द (रोमाञ्चक-आनन्द) अनुभूत हुनुमा मूलत: चारवटा हार्मोनको भूमिका छ- एन्डोर्फिन, डोपामाइन, सेरोटोनिन र अक्सिटोसिन ।’ यी हार्मोनहरुको स्राव शरीरमा तब हुन्छ, जब तपाईं यौनान्दको चरममा पुग्नुहुन्छ । वा मदिरामा मदमग्न रहनुहुन्छ […]