काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन्। पार्टीको निर्णय बिना सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन्। सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण बुझाउन एक साताको समय दिइएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन्।