जसपाका नेता ठाकुर–महतो समूहमाथि स्पष्टीकरण सोध्ने निर्णय

न्युज अफ नेपाल ,काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतोलगायतका नेताहरूमाथि कारवाही थालेको छ । शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय […]

सम्बन्धित सामग्री

महन्थ ठाकुर र उपेन्द्र यादवबीच बोलचाल बन्द

काठमाडौं।जनता समाजवादी पार्टीभित्र अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच बोलचाल बन्द भएको छ।जेठ ४ गते जसपाका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गरेकै दिन संसदीय दलको नेता चयन गरेको पत्र संसद सचिवालयमा पठाएपछि विवाद चुलिएको थियो। लगत्तै छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने र स्पष्टीकरण सोध्ने क्रम सुरु भएपछि बोलचाल नै बन्द हुन पुगेको एक नेताले बताए।पार्टीलाई जोगाउने प्रयास भने दुवै पक्षबाट भएको छैन।

महन्थ ठाकुर पक्षको बैठक बस्दै

जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक पार्टी कार्यालय बबरमहलमा बस्दै छ। जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण लगायतका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यस पछि के गर्ने भन्ने विषयमा ठाकुर-महतो  पक्षको बैठक अहिले बस्न लागेको हो। ४ बजे देखि बैठक बस्ने भएको छ।

जसपामा विवाद : लक्ष्मणलाल कर्ण भन्छन्– यस्तै रह्यो भने यो पार्टी रहँदैन

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्टीका लागि दुर्भाग्य भएको बताएका छन् । शनिबार जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ सुक्लासहित लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यसैबीच अध्यक्ष ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलगायतका नेतालाई कारवाही गर्ने तयारी गरिरहेका छन्