नागरिक उड्डयन ऐन– २०७४ को मस्यौदा तयार - Karobar National Economic Daily
मुलुकको नागरिक उड्डयनका क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै हुनुपर्ने सरोकारवालाको लामो समयदेखिको माग बल्ल सम्बोधन हुने भएको छ । सरकारले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको…
काठमाडौं : आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ। नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ। आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो। आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य
नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । नागरिक उड्डयन ‘ए’ को जितमा सुमित पराजुली र सुजन …
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्ति दिएको छ ।
सरकारले गएकाे सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको महानिर्देशकमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आज बिहीवार मन्त्रालयमा अधिकारीलाई नियुक्ति पत्र प्रदान गरिएको हो । नियुक्ति पत्र प्रदानसँगै आजै अधिकारीले आफ्नो पदभार सम्हाल्नुभएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सरकारले उहाँलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम आउँदाे ...
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । योसँगै मंगलबार बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले आगामी बिहीबारदेखि पदभार सम्हाल्ने गरी अधिकारीको नियुक्तिलाई स्वागत गरेको प्रवक्ता चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए । उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक थिए ।
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा अधिकारीलाई नियुक्त गरिएको हो । यसअघि उनी प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख थिए ।
काठमाडौँ – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो। प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए। क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका […]
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनरत कर्मचारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सङ्गठनका अध्यक्ष मीनप्रसाद खनालले नेपालमा युरोपेली युनियनले व्यापार गर्ने लक्ष्य राखेको र व्यापारीहरूको साठगाँठमा नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने चलखेल भएकाले संस्था जोगाउनका लागि कर्मचारीहरू आन्दोलनमा उत्रन बाध्य भएको बताए । माग पुरा नभए अन्तर्राष्ट्रिय
काठमाडौं । नेपाल वायु सेवा निगमका कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी पनि आन्दोलनमा उत्रिने भएका छन् । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको हालको प्राधिकरणलाई टुक्र्यार दुईवटा संस्था बनाउनेगरी प्रस्ताव अघि बढाएसँगै प्राधिकरणका कर्मचारी युनियनले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । कर्मचारी युनियन सम्बद्ध पाँच संगठन नेपाल नागरिक उड्डयन […]
The post नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
नेपाल नागरिक उड्डयन प्राधिकरण विधिवत् रूपमा १६ पुस, २०५५ सालमा हवाई विभागबाट सहज निर्णय प्रक्रिया र छरितो संगठनको कल्पना गरेर स्थापना भएको हो । तर, अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनको सँघारमा छ । कसैको चाहना यो पनि होला कि विभाजन नहोस् । कसैको चाहना यो पनि होला कि विभाजन होस् । तर यो हेर्नुपर्ने […]
नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक निकाय र नियामकारी निकाय गरी दुई संस्था बनाउने बाटो खुलेको छ । प्राधिकरणलाई सेवाप्रदायक निकाय र नियमनकारी निकाय बनाउने विधेयक सोमबार राष्ट्रियसभाबाट पारित भएसँगै लामो समयदेखि विवादमा रहेको प्राधिकरण पुनर्संरचना गर्ने औपचारिक प्रक्रिया अगाडि बढेको हो । यससँगै नेपाल यूरोपेली संघको कालो सूचीबाट हट्ने सम्भावना पनि बढेको छ ।नेपाल नागरिक उड्डयन […]