तनहुँ–१ मतगणना अपडेट : साढे २२ हजार मत गन्दा स्वर्णिम वाग्लेलाई ५० प्रतिशतभन्दा बढी

काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार ६७७ मतसहित अग्रस्थानमा छन् ।  उनले पाएको मत गणना भएकाेमध्ये ५० प्रतिशतभन्दा बढी हो । अहिलेसम्म साढे २२ हजारभन्दा बढी मतको गणना भइसकेको निर्वाचन आयोग (Election Commission) ले जनाएको छ ।  वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ७८८ मतसहित पछ्याइरहेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाललाई भने ३ हजार ८०३ मत प्राप्त भएको छ । अन्य ६ उम्मेदवारले पाएको मत थोरै छ । मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रेम बहादुर थापाले १११ मत पाएका छन् । बाँकीले भने १०० भन्दा कम मत पाएका छन् ।  कसले कति मत पाए ?

सम्बन्धित सामग्री

स्याङ्जा–२ को मतगणना अपडेट : दुई हजारभन्दा बढी मतले धनराजको अग्रता

काठमाडौं : स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेसका धनराज गुरुङले दुई हजारभन्दा बढी मतको अग्रता कायम गरेका छन्।मतगणना जारी रहँदा गुरुङले २२ हजार १२० मत प्राप्त गरेका छन्। उनकी प्रतिद्वन्द्वीस्पर्धी एमालेकी पद्मा अर्यालले २० हजार ४९ मत ल्याएकी छिन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार २ ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तो ललितपुर महानगरको पछिल्लो मतगणना अपडेट

काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो मतान्तर फराकिलो बनाएका छन्। पछिल्लो मतगणना अनुसार महर्जन आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ९ हजार ६ सय ९६ मतले अगाडि रहेका छन् ।  महर्जनले २२ हजार ८ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रत...

यस्तो छ ललितपुर महानगरको पछिल्लो मतगणना अपडेट