कुखुरा बेच्दा ठगिन्छन् कुखुरापालक किसान

राप्ती नगरपालिकास्थित खुरखुरेका गोकुल सेढाइँले ०६८ सालदेखि कुखुरापालन गर्दै आएका छन्। कुखुरा पालेर बिक्री गर्ने बेलामा कुखुराको तौल सोचेजस्तो नहुँदा उनी दानापानीको अनुपात नमिलेको होला भन्ने सोच्थे। ४० दिन खटिएर हुर्काएको ब्रोइलर कुखुरा गत मंसिरमा बेच्न लाग्दा मात्र उनले आफू ठगिने गरेको चाल पाए।

सम्बन्धित सामग्री

कुखुरापालक किसान व्यवसाय छाडेर पलायन हुँदै

कञ्चनपुर, ४ साउन । खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन । भारतबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका कुखुरा, चल्ला, अण्डा, माछासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायी हतोत्साहित हुँदै व्यवसाय छाड्न थालेका छन् । धेरै व्यवसायीले उत्पादित कुखुराजन्य वस्तुको बजार नपाउँदा […]

अवैध आयातले कुखरा व्यवसायी चिन्तित

भारतबाट अवैध रूपमा हुने गरेको आयात र अन्य जिल्लाबाट पनि कुखुरा भित्रिने क्रम बढेपछि यहाँका कुखुरापालक कृषक चिन्तित देखिएका छन् । चाडपर्वसँगै अरू वस्तुको व्यापार बढिरहेको स्थितिमा कुखुरा विक्री नहुँदा व्यवसाय नै संकटमा परेको लुम्बिनी कुखुरापालक संघका अध्यक्ष रामप्रसाद देवकोटाले बताए । संघका अनुसार रूपन्देहीमा सानाठूला गरी करीब २ हजार कुखुरापालक कृषक छन् । बुटवल र भैरहवामा मात्रै दैनिक ५० क्वीन्टल कुखुराको मासुको माग भए पनि अवैध आयात भएकाले यहाँको कुखुरापालक किसान मर्कामा परेको संघको भनाइ छ । कुखुरापालक कृषकले जिल्लामा अन्यत्रबाट कुखुरा ल्याउन नपाउने भए पनि सुरक्षा निकायकै सहयोगमा मासु व्यवसायीले कपिलवस्तु र नवलपरासीबाट कुखुरा भित्र्याएकाले आफूले पालेको कुखुरा विक्री नभएको आरोप लगाएका छन् । संघसँग सम्बद्ध कुखुरापालक इमानसिंह विकले राति कुखुरा भित्रिने गरेको दाबी गरे । उनले भने, ‘त्यसै त घाटा खानुपरेको छ, त्यसमाथि अन्य जिल्लाबाट पनि कुखुरा भित्र्याइदिँदा व्यवसाय नै संकटमा परेको छ ।’ उनले कुखुरापालकको समस्यामाथि सम्बद्ध निकायले चासो नदिएको गुनासो पनि गरे । तर, पक्षीजन्य मासु व्यवसायी उपसमिति रूपन्देहीका अध्यक्ष वीरेन्द्र रानाले भने बाहिरी जिल्लाबाट कुखुरा नभित्रिएको दाबी गरे । उनले जिल्लामै बढी उत्पादन भएकाले कुखुरा समयमा विक्री हुन नसकेको बताए । वर्ष ६ अंक ३५, बुधवार, २७ असोज, २०६७

सकसमा पोल्ट्री व्यवसाय : बर्डफ्लूको प्रकोप र दानाको मूल्यवृद्धि एकसाथ

काठमाडौं । उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको पोल्ट्री व्यवसायमा बर्डफ्लू रोगको प्रकोप र दानाको मूल्यवृद्धिको असर एकसाथ परेको छ । कोरोना महामारीका कारण २ वर्षदेखि समस्यामा रहेको पोल्ट्री व्यवसायमा पछिल्ला दिनमा दुवै असर एकैसाथ देखिएपछि कुखुरा पालक किसान मारमा परेका छन् । पशुसेवा विभागका अनुसार हाल काठमाडौंसहित भक्तपुर, सिन्धुपाल्चोक मोरङ, सुनसरी, चितवन, उदयपुर, कास्की, लमजुङ लगायत एक दर्जनभन्दा बढी जिल्लामा बर्डफ्लू रोग फैलिसकेको छ, जसबाट सयौं किसान प्रभावित बनेका छन् । विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले स्थानीय तहमा जनशक्ति अभावले बर्डफ्लू नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । त्यसैगरी दानाको मूल्य समेत एक वर्षमा प्रतिबोरा १ हजार रुपैयाँका दरले बढेको छ । दानाका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको मूल्य एक वर्षमा प्रतिकिलो ६५ रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ भने मकैको मूल्य पनि किलोमै २५ रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ । यी सबैको प्रत्यक्ष असर चल्ला, कुखुराको मासु र अण्डामा परिरहेको छ । कोरोना महामारीका कारण समस्या भोग्दै आएका कुखुरापालक किसान अहिले दुईओटा समस्या एकैसाथ आएपछि पलायन हुने सम्भावना बढेको छ । व्यवसायमा आइरहने यस्ता उतारचढावले हरेक वर्ष १० हजार किसान पलायन हुने, तर थौरै संख्यामा मात्र नयाँ किसान थपिने गरेका छन् । अहिलेको असहज परिस्थितिले थप किसान पलायन हुन सक्ने नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । उनका अनुसार विगतकै महामारीको प्रभाव र अहिलेकोे समस्याले किसान धेरै हतोत्साहित भएका छन् । किसानहरू आत्तिएर पेशा छाड्न सक्ने खतरा बढेको उनको भनाइ छ । तर के कति किसानको अवस्था असहज भएको भन्ने यकिन तथ्यांक महासंघसँग नभएको उनले बताए । पोल्ट्री व्यवसाय निकै संवेदनशील भएकाले कुनै समस्या आउनेबित्तिकै अधिकांश किसान हतोत्साहित भएर पलायन हुने गरेको उनले बताए । विगतदेखिकै समस्याका कारण व्यवसायमा घाटा भइरहेपछि ३४० ओटा ह्याचरी उद्योगमध्ये हालसम्म ७० ओटा बन्द भइसकेको ह्याचरी उद्योग संघले बताएको छ । व्यवसायमा यस्तै उतारचढाव भइरहेमा बन्द हुने ह्याचरी उद्योगको संख्या अझै बढ्ने संघका अध्यक्ष टीकाराम पोखरेलले बताए । उनका अनुसार कुखुरापालक किसान व्यवसायबाट निराश हुँदा चल्लाको माग घटेर हप्तामा २५ लाखमा सीमित भएको छ । यसअघि सामान्य अवस्थामा हप्तामा करीब ४२ लाख चल्लाको माग हुने गरेको संघको तथ्यांक छ । कुखुरापालक किसान घटेसँगै ह्याचरी उद्योग समेत बन्द हुन थालेका छन् । तर चल्ला उत्पादन घट्दा बजारमा तयारी मासुको माग बढेको छ । करीब ३ महीना अघिसम्म १८ रुपैयाँमा समेत विक्री नभएको ब्रोइलर चल्लाको मूल्य यतिबेला ८० देखि ९० रुपैयाँ पुगेको छ । मंगलवार ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँ पुगेको छ भने अण्डाको मूल्य समेत बढेर प्रतिगोटा १६ देखि १७ रुपैयाँसम्म पुगेको छ ।

महामारीमा पिल्सिँदैछन्‌ कुखुरापालक किसान

कञ्चनपुर : कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌। उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ। ‘कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी लगायत आपूर्ति हुन नसक्दा अप्ठेरो परेको छ,’ किसान पोल्ट्री सप्लायर्सका सञ्चालक किरण साउदले भने, ‘उपभोक्ताहरू समेत स्वच्छ र ताजा कुखुराको मासु पाउनबाट बञ्चित भएक...

कुखुराको मूल्य आधाले घटेपछि सर्लाहीका किसान चिन्तित

सर्लाही : ब्रोइलर कुखुराको मूल्य आधाले घटेपछि जिल्लाका कुखुरापालक किसान चिन्तित भएका छन्। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण गर्न भन्दै जिल्लाभर निषेधाज्ञा लागू भएपछि दुई सातादेखि बजार बन्द हुँदा कुखुराको मूल्य ह्वात्तै घटेको हो। जिउँदो कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँ सम्ममा बिक्री हुँदै आए पनि अहिले मुस्...

तनहुँका कुखुरापालक किसान भन्छन्– टुहुरोजस्तै भइयो

तनहुँका किसानले कुखुरा र अन्डा बिक्री नभएको जनाएका छन् । व्यावसायिक कुखुरापालनका लागि ऋण लिएका किसान सबैभन्दा

खाल्डोमै पुरियो चल्‍ला,आधा मूल्‍यमा पनि बिक्दैनन् कुखुरा

दाङ :  दाङ कुखुरा उत्पादनको हिसाबले चितवन पछिको दोस्रो जिल्ला हो। दाङमा १७ वटा ह्याचरी उद्योग रहेका छन्। दाङमा ब्रोइलर कुखुरा, र लोकल कुखुराहरु उत्पादन हुने गर्दछ। पछिल्लो लकडाउन (बन्दाबन्दी)को कारण  जिल्लामा कुखुरापालक किसान तथा व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नु परेको छ। लकडाउनका कारण उद्योगमा उत्पाद...

सुदूरपश्चिममा २५ करोडको ब्रोइलर कुखुरा नोक्सान

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा ब्रोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् । यहाँ दैनिक रुपमा कुखुरापालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी ब्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा स...

लकडाउनले पोल्ट्री फर्ममा असर : खुवाउने दाना छैन, बेच्न बजार

पथरी (मोरङ) : सामान्य समय भए पथरीशनिश्चरे नगरपालिका–३ की कुखुरापालक किसान पूर्णमाया पोखरेलले पालेका कुखुरा बजार पुगिसक्ने थिए। तर, लकडाउनकै कारण कुखुरा खोरमै रहेका छन्।  ‘६० दिनभन्दा बढी भइसक्यो, अब त कुखुरालाई खुवाउने दाना पनि छैन,’ पोखरेलले भनिन्, ‘लकडाउनले हामीजस्ता किसानलाई समेत ...

बागलुङ अण्डामा आत्मनिर्भर बन्न सकेन

बागलुङ, भदौ १७ गते । बागलुङका कुखुरापालक किसान तत्कालको आम्दानीका लागि बोइलर कुखुरा पालनमा मात्र लाग्दा जिल्ला अण्डामा आत्मनिर्भर...