काठमाडौँ। सेयर बजारमा आज शुक्रवार पनि गिरावट आएको छ। हिजो बिहीवार १.०८ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज १.६७ अङ्कले घटेर १ हजार ९७०.६३ अंकमा झरेको छ।
आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको सेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको सेयर २० अंकभन्दा धेरैले घटेको छ।