काठमाडौँ महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । बिहीबार […]

सम्बन्धित सामग्री

महानगरले बन्द गरायाे 'वर्ल्ड ट्रेड सेन्टर'मा राखिएकाे डिजिटल बाेर्ड

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । निकै ठूलो र चम्किलो डिजिटल बोर्डका कारण चालकको ध्यान मोडिएर दुघर्टनाको जोखिम भएको भन्दै पटक–पटक गुनासो आइरहेको थियो । आज बिहीवार महानगरले डिजिटल बोर्ड नियम विपरीत राखिएको भन्दै आफैँ टोली खटाएर बन्द गराएको हो । यसअघि पनि महानगरले बोर्ड हटाउन निर्देशन दिएको थियो तर सञ्चालकले अटेरी गर्दै आएका थिए । स्वीकृत मापदण्डमा आठ सय स्क्वायर फिटमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न पाइने भए पनि त्रिपुरेश्व...

अवैध संरचना हटाएका बालेनको नजर अब होर्डिङ बोर्डतिर

काठमाडौँ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ […]