बागमती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियरहरूलाई निजामति सेवा प्रवेश दिँदा सातौं तह कायम हुने भएको छ । यसअघि इन्जिनियरहरूले प्रदेश लोकसेवाबाट जारी विज्ञापनमा छैठौं तहमा आह्वान भएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका थिए ।नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई १० माघमा इन्जिनियरिङ विषयमा उत्तीर्ण इन्जिनियरलाई कम्तिमा ७ औं तहका लागि विज्ञापन आह्वान गर्नुपर्नेमा प्रदेश लोक सेवा आयोगले छैठौं तहका लागि विज्ञापन खुलाएको भन्दै ध्यानाकर्षण गराएक