काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गतका निजामति सेवा कर्मचारीको तलबमा दुई हजार बृद्धि गरेको छ। यो बृद्धि आउँदो आर्थिक वर्ष २०७८/७८ को साउनबाट लागू हुने जनाइएको छ। आज बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले उक्त घोषणा गरेका हुन्। उनले कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई निरन्तरता दिने बताए।