कालीकोट जिल्लाको कोभिड विशेष अस्पतालमा एक जना सङ्क्रमतिको मृत्यु भएको छ । असार ८ गते भर्ना हुनुभएका खाँडाचक्र नगरपालिका वडा नं ११ का ५३ वर्षीय पुरुषको बिहीबार दिउँसो कोरोनाका कारण मृत्यु भएको हो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी गौरा धर्तिमगरले हालसम्म पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको पुष्टि गर्नुभयो । मृत्युहुने पाँच जनामध्ये एक महिला र चार जना पुरुष रहेका छन । कालीकोटमा हालसम्म कोरोना संङ्क्रमितको संख्या एक हजार ६२१ जना पुगेको छ । जसमा एक हजार ५३३ जना निको भएर घर गएका छन भने ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।