गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा प्रदेशमा पाँच जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका तीन पुरुष र एक महिला तथा बाग्लुङको बाग्लुङ नगरपालिकाका एक पुरुष छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५५ र होम आइसोलेसनमा रहनेको सङ्ख्या ८८२ जना पुगेको निर्देशनालयले जनाएको छ ।