प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन छ। शुक्रबारदेखि बहस सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा विघटन गरेसँगै सर्वोच्च अदालतमा मुद्दा पर्यो। बृहत् पूर्ण वा संवैधानिक इजलास भन्ने विवाद निर्क्यौल भएसँगै माघ ४ गतेदेखि बहस सुरु भयो। अब के हुन्छ भन्ने प्रश्नले जनमानसमा डेरा जमायो। स्वभाविक रुपमा उत्तर अदालतमा छ।…