त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको रातोपाटीलाई जानकारी दिए । मंगलबार मात्रै सुरिया हेल्थ केयरमा प्रहरीले छापा मारेको थियो भन