खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि ६ करोड ४० लाख रुपैयाँ बराबरको खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ । यसअघिकै निरन्तरता दसैँको घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी १, २ दिन अघि काठमाडौँ आइपुग्ने गरी खसी–बोकाको खरिद प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । यस वर्ष पनि कम्पनीले २ हजार खसी–बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले कुल ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । ‘गत वर्षहरूमा जस्तै यस