प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने निर्वाचन आयोगको व्याख्या

२७ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने व्याख्या गरेको छ । समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय असोज २ र ३ गते तय भएको छ । त्यसअगावै प्रतिनिधिसभाको कार्यकाल सकिने व्‍याख्या गर्दै आयोगले संघीय संसद सचिवालयलाई पत्र लेखेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले आइतबार संघीय संसद […]

सम्बन्धित सामग्री

धमलाको प्रश्नः “निर्वाचन आयोग सरकारको लाचार छाया हो ?”

काठमाडौं, २१ भदौ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभाको कार्यकाल मनोनयनको अघिल्लो दिन सकिने बताएका छन् । “कानुनमा स्पष्ट नभएको कुरा निर्वाचन आयोगले पनि भन्न सक्दैन । तर संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भनेको छ । निर्वाचन आयोगले व्यावहारिक र निर्विवाद हुने गरी परामर्श दिएकाले नै सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेको […]

संसदको कार्यकाल थप्दा निर्वाचनको निष्पक्षतामै प्रश्न उठ्छ : निर्वाचन आयोग

२० भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल निर्वाचनपछि पनि रहने गरी कानुन संशोधन गर्न उपयुक्त नहुने बताएको छ । सरकारले हालै मात्र प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचन भएर आउने संसदको पहिलो बैठक नबस्दासम्म कायम रहने गरी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको छ । आयोगले यसको विरोध गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको […]

संघ र प्रदेशको निर्वाचन कात्तिक मसान्त वा मङ्सिरको पहिलो साता

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग

प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको विषयमा सरकार परामर्श गर्दा मंसिर २२ सम्म रहेको जानकारी गराउने तयारी भएको बताए।