प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग

प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको विषयमा सरकार परामर्श गर्दा मंसिर २२ सम्म रहेको जानकारी गराउने तयारी भएको बताए।

सम्बन्धित सामग्री

धमलाको प्रश्नः “निर्वाचन आयोग सरकारको लाचार छाया हो ?”

काठमाडौं, २१ भदौ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभाको कार्यकाल मनोनयनको अघिल्लो दिन सकिने बताएका छन् । “कानुनमा स्पष्ट नभएको कुरा निर्वाचन आयोगले पनि भन्न सक्दैन । तर संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भनेको छ । निर्वाचन आयोगले व्यावहारिक र निर्विवाद हुने गरी परामर्श दिएकाले नै सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेको […]

संसदको कार्यकाल थप्दा निर्वाचनको निष्पक्षतामै प्रश्न उठ्छ : निर्वाचन आयोग

२० भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल निर्वाचनपछि पनि रहने गरी कानुन संशोधन गर्न उपयुक्त नहुने बताएको छ । सरकारले हालै मात्र प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचन भएर आउने संसदको पहिलो बैठक नबस्दासम्म कायम रहने गरी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको छ । आयोगले यसको विरोध गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको […]

संघ र प्रदेशको निर्वाचन कात्तिक मसान्त वा मङ्सिरको पहिलो साता

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।