संसदमा रासायनिक मलकाे विषयमा छलफल, सत्तापक्षकै सांसदद्वारा सरकारको आलोचना

काठमाण्डाै – प्रतिनिधि सभाको आज साेमवारको बैठकमा बजेटमाथिको नियमित छलफल स्थगित गरेर रासायनिक मलको विषयमा छलफल भएकाे छ । देशमा किसानले रासायनिक मल नपाएर खेती लगाउनै नपाउने अवस्था आएको भन्दै नेकपा एमालेले बजेटमाथिको छलफल स्थगन गरेर मलबारे विशेष छलफलको प्रस्ताव राखेको थियो ।  एमालेमा प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले स्थगनको प्रस्ताव राखेपछि सभामुखले बजेटमाथिको छलफल स्थगन गरेर मलबारे छलफल गर्न दुई घण्टाको समय छुट्याउनुभएको थियो । प्रस्ताव राख्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानले मल क...