एमालेमा अराजकता ल्याउनेलाई कारबाही गर्न विष्णु पौडेलको नेतृत्वमा कार्यदल

काठमाडौं : नेकपा एमालेले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको बैठकले पार्टीमा अराजकता निम्त्याउनेलाई कारबाही गर्न कार्यदल गठन गरेको हो।स्थानीय तहको निर्वाचनमा गठबन्धन र सरकारको घेराबन्दीबीच पहिलो शक्ति नबनेपछि पार्टीभित्रकै अराजकताको कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनले स्थानीय तहको निर्वाचनको समीक्षा गरेर असार मसान्तसम्म जिल्ला र प्रदेश कमिटीलाई आत्मसमीक्ष

सम्बन्धित सामग्री

सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नरलाई निलम्बन गरेको एमालेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको आरोप लगाएको छ । नेकपा एमालेबाट अर्थमन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आज (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरी सरकार अर्थतन्त्र जोगाउन भन्दा गभर्नरलाई कारबाही गरेर उम्मेद्वारी छोप्नतिर […]

गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले पार्टीका तर्फबाट पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।   “यो सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही तत्काल फिर्ता लिओस् ।...

विष्णु पौडेल

यो अत्यन्तै गलत र दुर्भाग्यपूर्ण कदम हो । यसले मुलुकको अर्थतन्त्रलाई अझै गम्भिर संकटतर्फ धकेल्छ । मुलुकमा वित्तीय र आर्थिक अनुशासन कायम गर्नका लागि गभर्नरले राम्रो पहल गर्दै आएका थिए । त्यसको विरुद्धमा उनलाई कारबाही गरिनु अत्यन्त गलत कुरा हो ।

ओली-नेपालबीच लामो फोनवार्ता : सहमतिमै कारबाही फुकुवा, अब कार्यदल गठनको थालनी !

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) को विवाद हल हुनेतर्फ अघि बढेको छ। आजमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच लामो टेलिफोन वार्ता भएको छ । दुई नेताबीच सहमतिका साथ अघि बढ्नेबारे कुराकानी भएको स्रोतको दाबी छ । अध्यक्ष ओलीको प्रस्ताव बोकेर आज विहानै नेपाललाई भेट्न विष्णु पौडेल उनको निवास पुगेका […]

माधव नेपालको कानूनी परामर्श : संविधानको धारा ७६(५) को कार्यान्वयन कसरी हुन्छ ?

३० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलीजुली सरकार गठनका लागि दलहरुलाई दिएको समयको अन्तिम दिन नेकपा एमालेमा सहमतिको प्रयास तीव्र भएको छ । अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर नेता विष्णु पौडेल बिहीबार विहानै वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगे । लगत्तै बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित चार नेतामाथि गरिएको कारबाही फिर्ता […]

एमालेको स्थायी कमिटी बैठक चल्दै, कारबाही फिर्ता हुन सक्ने

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको असन्तुष्ट पक्षलाई मनाउने विषयमा छलफल भइरहेको छ । माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले नेपाल पक्षका नेतालाई गरेको कारबाही फिर्ताको निर्णय गर्न सक्ने एक नेताले बताएका छन् । स्थायी कमिटीको बैठक चलिरहँदा ओली पक्षका नेता विष्णु पौडेल माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास जानुभएको छ ।